काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुआत गरेको छ।

यो सुविधाअन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन्। ततपश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले ई–मेलमार्फत प्राप्त गर्नेछन्। 

उक्त सूचना प्राप्त गरेपश्चात सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको छ। आवेदनमा कुनै समस्या भएमा कारणसहित ई–मेलमार्फत समयमै सूचना पठाइनेछ।

यस प्रविधिबाट ग्राहकलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटीएम सञ्जाल छन्।