काठमाण्डौ । सानिमा बैंकका ग्राहकले सम्पूर्ण कार्यालयमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्ने सुविधा ल्याएको छ। 

बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको हो। यसअन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्। 

बैंकले आफ्ना सम्पूर्ण कार्यालयको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ। उक्त क्यूआर कोड स्क्यान गरी ग्राहकले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्। 

बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।