काठमाण्डौ । बडादसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दसैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले कम्पनीको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुने कम्पनीले बताएको छ ।कम्पनीको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन ।