काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत कम्पनीको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।

साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा  ५० रुपैयाँ परामर्श शुल्क मात्र लाग्ने छ । यसैगरी कम्पनीले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

कम्पनीको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।