काठमाण्डौ । सानिमा बैंक र एफवान सफ्ट प्रालिको सहकार्यमा सानिमा सजिलो ई–ब्याकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ ।
उक्त योजना असोज २८ देखि मसिंर ३ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।
जसअन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन्। यसमा सहभागिता जनाउनका लागि ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटाप्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने छ ।
कम्पनीले समय समयमा ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ ।
कम्पनीको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago