काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओको बिक्री प्रबन्धक छनोट गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको ६० लाख कित्ता आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोलाप्रसाद ठापकले हस्ताक्षर गरेका छन् ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इस्योरेन्टको आईपीओ निष्कासनपछि बीमा समितिले तोकेबेमाजिम २ अर्ब रुपैयाँ पुग्नेछ भने कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।