sanima mai hydro project
काठमाण्डौ । धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावर लिमीटेडलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।
अनुमतिसँगै यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ५ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि निश्कासन गर्नेछ ।
हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ ।
नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाललाई यो कम्पनीको हकप्रदलाई ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत अवस्था औसत र सन्तोषजनक छ भन्ने हो ।
यो कम्पनीले हाल पूर्वी नेपालमा २२ मेगावाटको माई हाइड्रो इलेक्ट्रिक प्लान्ट र ७ मेगावाटको अर्को जलविद्युत आयोजना संचालन गरिरहेको छ ।
यो जलविद्युत कम्पनीले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २६ करोड ५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पीको हाल चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी २ अर्ब ११ करोडको उचाईमा पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago