काठमाण्डौ । सानिमा बैंक लिमीटेड कोष प्रवद्र्धक र सानिमा क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सानिमा इक्वीटी फण्डले लगानीकर्तालाई ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

असोज १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमीटेडको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको ७ प्रतिशत लााभांश वितरणको निर्णय गरेको क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले जानकारी दिएका छन् । 

यो हिसाबले यो योजनाले ९ करोड १० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।