काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्विटी फन्डका इकाइधनीहरुलाई प्रस्तावित नगद लाभांशका लागि बुक क्लोजको मिति तय गरिएको छ। 

क्यापिटल सञ्चालक समितिले सानिमा बैंकद्वारा प्रवद्र्धन गरिएको यो फन्डको नगद लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक १३ गतेभित्र कायम इकाइधनीहरुले मात्र यो फन्डका लागि प्रस्तावि नगद लाभांश पाउन योग्य हुनेछन्।

सानिम म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षको मुनाफा करसहित ७ प्रतिशत नगद प्रतिफल वितरण गरिने घोषणा गरिएको छ।