काठमाण्डौ । सानिमा बैंक लिमिटेडका ग्राहकले विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने भएका छन्।
सानिमा बैंक र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी समझदारी भएपछि बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। समझदारीअनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन्।
आइएसओएन हेल्थकेयरअन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त छुट प्राप्त गर्न सक्नेछन्। आईएसओएन हेल्थकेयरको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ।
समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आईएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेस डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन्।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा नेपालका विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्टलगायतमा समेत विशेष छुटको व्यवस्था रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago