काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर विद्युतीय (अनलाइन) माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा लगइन गरी ‘अनलाइन केवाईसी अपटेड’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन्। यद्यपि मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चेसहितको विवरणका लागि भने सम्बन्धित ग्राहकले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नुपर्ने बैंकले जनाएको छ।
बैंकमा उपस्थित नभई आफूअनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरैभन्दा धेरै ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।
बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम सञ्चालनमा छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19