काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहरलाग्दो प्रगति गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा इन्स्योरेन्सले २ करोड ४६ करोड बराबरको प्रिमियम आम्दानी गरी सबैलाई आकर्षण गरेको बिहिबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले अघिल्लो त्रैमासमा कम्पनीले १६ लाख ३२ हजार बराबरको बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख खुद मुनाफा आर्जन गरेको देखिएको छ । कारोबार शूरु भएको दुई त्रैमासिक अवधिमा कम्पनीले लोभलाग्दो प्रगति गरेको हो  । 
 
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा ६ करोड ६२ लाख रहेको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको पूँजी वृद्धि गर्नुपर्ने छ ।
 
कम्पनीले हालसम्म जीवन बीमा कोष खडा गरेको छैन । कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीले ६० करोड अर्थात् ३० प्रतिशत पूजी वृद्धि गर्न आइपीओ जारी गर्ने योजना बनाएको छ । यस पछि कम्पनीको चुक्ता  पूँजी २ अर्ब पुग्नेछ ।