काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि (Samsung QLED TV)  बजारमा ल्याएको छ । 

नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेञ्ज(एचडीआर) प्रविधि प्रयोग भएको छ । 

क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्ने क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरका लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ ।  सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउने र यसमा प्राप्त भएको केवल एक रिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिने बताइएको छ । 

क्युलेड टिभि हाल दुई मोडलमा उपलब्ध छन् । QA55Q7 मोडलको सुरुवाती मूल्य रु ४५०००० र QA65Q8 को सुरुवाती मूल्य ६५०००० रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध छ । बुकिङ् अफरमा सुरुवाती मूल्यको साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड QA55Q7  मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस८ र QA65Q8 को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्नेछन् । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । 

प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने कम्पनीले जनाएको छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने बताइएको छ । 

सामसङ इलेक्ट्रोनिक्स् कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।