– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सरकारले राम नवमीका अवसरमा आज सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रह्यो। बजार बन्द रहँदा सेयर लगानीकर्ताहरु सामजिक सञ्जालमा मस्त र व्यस्त देखिन्छन्।
आज सामाजिक सञ्जालहरुमा धेरै लगानीकर्ताले गत साता सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा खुलेर बहस गरेको देखिएको छ। केहीले भने वाणिज्य बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने समाचारप्रति खुसी व्यक्त गरेका छन्।
हिमाली शेर्पा नाम गरेका लगानीकर्ताले गभर्नरलाई निलम्बन गरेको विषयमा लेख्छन्, ‘गुड न्युज। यो अब बजार माथि जाने संकेत हो।’
र्यासनल इन्भेस्टर नाम गरेका लगानीर्ताले आफ्नो फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘संवैधानिक निकायमा बसेर राजनीति गर्ने गभर्नर बाई बाई।’
र्यासनल इन्भेस्टरको उक्त स्ट्याटसमा कमेन्ट गर्ने अधिकांशले राम्रो समाचार भन्दै खुसी व्यक्त गरेका छन्। राजुप्रसाद पौडेल लेख्छन्, ‘धेरै राम्रो निर्णय भएको छ। सबैलाई बधाइ।’
अर्का लगानीकर्ता किरणकुमार लेख्छन्, ‘धन्यवाद सरकार ! सेयर बजारलाई पेलिराख्ने र अहिलेको सरकारलाई दोषी देखाउने गर्भनरलाई निलम्बन गरेकोमा।’
निरज आचार्यको मत भने फरक छ। उनी लेख्छन्, ‘अहिलेको अवस्थामा गभर्नरलाई निलम्बन गर्नु गलत काम हो।’
निरजको भनाइमा असमत जनाउँदै आभास पौडेल लेख्नछन्, ‘उनी बैंकको ब्याजदर बढाउनेदेखि लगानीकर्ता तर्साउने ठूलै योजनाकार थिए।’
यसैबीच आज नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेकोप्रति पनि धेरै लगानीकर्ता सामाजिक सञ्जालमा खुसियाली मनाएका छन्। लगानीकर्ता सौरभ ढुंगेल लेख्छन्, ‘चैतमा नबढेको ब्याजदर वैशाखमा पनि बढेन। अब यो आर्थिक वर्षका लागि ब्याज नबढ्ने र सेयर बजार नघट्ने पक्का भयो।’
अर्का लगानीकर्ता किरण मानन्धर लेख्छन्, ‘अब ब्याजदर बढ्ने होइन घट्छ। बैंक तथा वित्तीय क्षेत्रमा तरलता बढेको र सीडी रेसियोे पनि घटेको समचार आएको छ। अब बजार पक्कै बढ्छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago