– अर्जुन तिमिल्सिना
काठमाण्डौ । आज देशभर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।
एकातिर चुनावी महौल तातिरहेकै बेला कतारमा आजैबाट सुरु हुने विश्वकप फुटबल प्रतियोगितालाई लिएर खेलप्रेमी निकै उत्साहित देखिन्छन्।
सामाजिक सञ्जालहरुमा आज चुनाव र विश्वकप फुटबल दुवैको व्यापक चर्चा भइरहेको छ। सेयर बजार ४ दिनसम्म बन्द रहेकोमा दिक्क मान्नेहरु आज सामाजिक सञ्जालमा सक्रिय रहेको देखिन्छ। सामाजिक सञ्जालमा एक लगानीकर्ताले लेखेका छन्, ‘चुनाव शनिबार हुनुपथ्र्यो।’
क्लबहाउसमा बोल्ने एक महिलाले भनिन्, ‘आज बार पनि रविबार (आइतबार) हो, चितवनतिर रवि नै छाउछन् होला।’
ती महिला लगानीकर्ताको कुरामा समर्थन गर्दै अर्का एक पुरुष लगानीकर्ताले भने, ‘जहाँ रवि, त्यहाँ कवि।’
सामाजिक सञ्जालमा एक लगानीकर्ताले यो चुनावमा संगठित रुपमा नयाँ शक्तिहरुमा नलागेकोमा पछुतो माने। उनले भने, ‘यो चुनावमा यस्तै भयो, आजको माहोल हेर्दा नयाँ शक्ति राम्रै देखियो। आगमी चुनावमा भने संगठित रुपमै लाग्नुपर्ला।’
क्लबहाउसमै पोखराबाट एक लगानीकर्ताले आफू ४५०० भोटर भएको ठाउँमा रहेको र दिउँसो ३ बजेसम्म आधा पनि भोट नखसेको सुनाए।
काठमाण्डौगोठाटारमा पनि भोट निकै कम खसेको क्लबहाउसमै अर्का एक लगानीकर्ताले सुनाए। काभ्रेबाट एक लगानीकर्ताले बोल्दै काभ्रेमा पनि निकै कम मत खसेको बताए।
गोठाटारबाटै अर्का एक लगानीकर्ताले आफू र निर्वाचन अधिकृतबीच झगडा परेको सुनाए। ठट्यौली पारामा उनले भने, ‘मैले चार भोट दिनुपर्नेमा ३ भोटमात्रै दिन्छु भन्दा निर्वाचन अधिकृतले मानेनन्। सुरक्षाकर्मी नभएको भए त मैले बाकस एक लात हानेर कतारको वर्ल्डकप यहीँ खेल्थेँ।’
क्लब हाउसमा एक लगानीकर्ताले यसपालि हलोको भोट घन्टीले काट्ने दाबी गर्दै थिए।
फेसबुक पेजमा लोख्दै एक लगानीकर्ताले भने देशमा महँगीले आकश छोएको गुनासो गरे। ‘२०० रुपयाँको खाने तेल ३५० रुपैयाँ पुगेको छ’, उनले लेखेका छन्, ‘तिनै नेतालाई भोट हाल्नुभन्दा त घरमै सुत्न बेस। जनता पनि भेडै रहेछन् जे गरे पनि तिनै नेताको पछि–पछि लाग्छन्।’
सामजिक सञ्जालमै एक लगानीकर्ताले भने, ‘कतारमा आज साँझबाट वर्ल्डकप सुरु हुँदैछ। नेपालमा निर्वाचनको मतगणना पनि सुरु हुन थाल्छ। वर्ल्डकप र चुनावको परिणामले आज रातिबाट त रमाइलो सुरु हुने भो।’
सामजिक सञ्जालमै एक लगानीकर्ताले देशको समृद्धिका लागि गाँजा औषधिका लागि भए पनि खेती गर्न पाउनुपर्ने माग गरे।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago