काठमाण्डौ । सरकारले नेपालबाट विभिन्न सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ । 

पछिल्लो समय फेसबुक, यूट्यूब, टिकटक, गुगलजस्ता सामाजिक सञ्जालहरुमा नेपालबाट विज्ञापन गर्ने प्रवृति मौलाएको छ । तर, यी सबै गतिविधि कानूनी दायरामा आएका छैनन् । यस्ता विज्ञापनहरु गर्दा करोडौंको कर छली भइरहेको छ भने नेपालको विज्ञापन बजार खुम्चिएर स्वदेशी मिडिया उद्योगलाई असर परिरहेको गुनासो सर्वत्र उठ्दै आएको थियो । सरकारले यही विषयलाई नियमन गर्ने र कानूनको दायरामा ल्याइने घोषणा गरेको हो । 

यस्तै, सरकारले समानुपातिक विज्ञापन प्रणाली समेत लागू गर्ने घोषणा गरेको छ । 

यसैगरी, प्रेस काउन्सिल नेपाललाई सबै खालका सञ्चारमाध्यमलाई नियमन गर्ने गरी मिडिया काउन्सिल बनाइने समेत सरकारले घोषणा गरेको छ ।