काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किंदा टेलिभिजन ल्याउँदा कर नलाग्ने घोषणा गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरणले यस्तो घोषणा गरेका हुन्। ‘सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किंदा टेलिभिजन ल्याउँदा कर लाग्ने छैन’, उनले भने।
यसैगरी पेसा–व्यवसायमा संलग्न व्यक्तिको पेसागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताए।
‘स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आबद्धता गरी करका आधार विस्तार गर्दै लगिनेछ’, उनले भने, ‘बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्दै लगिनेछ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19