काठमाण्डौ । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन्।

कोष सञ्चालक समितिले अधिकारीलाई सोमबारदेखि लागू हुने गरी कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। छनौट समितिबाट सिफारिस भएका तीनजनामध्येबाट अनुभव, व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमतासमेतलाई आधार मानी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

यसअघि उनी राष्ट्रिय वाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृत थिए। साथै, उनी व्यावसायिक चार्टर्ड अकाउन्टेन्ट पनि हुन्।

उनको कार्यकाल वर्षको हुनेछ। यसअघि कोषको तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल गत साउन १४ मा समाप्त भएको थियो ।