काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा खरीद र बिक्रीकर्ताको निकै लामो रस्साकस्सी चलेको देखियो ।
बजारमा बुल रनको बहार आएको बेला बढेको सेयर मूल्यमा बिक्री गर्न खोज्ने बिक्रेता र भरसक घटाएर किन्न खोज्ने खरीदकर्ताबीच दिनभर रस्साकस्सी चलिरह्यो । जसका कारण बजार बन्द हुँदासम्ममा नेप्से परिसूचक २.४९ अंकले बढी १३४९.१३ को विन्दूमा पुगेको छ ।
नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । तर, पछिल्ला दिनका बजारको औसत कारोबार रकमको तुलनामा भने सोमबारको कारोबार रकमको आकारलाई सानो भन्न मिल्दैन । यो दिन १ अर्ब ६१ करोड बढीको कारोबार भएको छ ।
कारोबार रकमको यो आकारले बजारमा बुलिस प्रवृतिको तरंग सितिमिति नसेलाउने संकेत गरेको जानकार दाबी गर्छन् । नेप्से परिसूचकमा झिनै भए पनि बढोत्तरी हुनु र कारोबार रकम १ अर्ब ६१ करोड माथि पुग्नुले बजार अझै बलियो बन्दै गएको र बजारमा सक्रिय ‘लगानीकर्ताको संख्या बढिरहेको देखाउँछ ।’ एक विश्लेषक भन्छन्–‘बजार बढेपछि प्रफिट बुकका लागि थोरै घट्नु वा बढ्ने रफ्तारमा केही ढिलाई हुनु सामान्य कुरा हो ।’
यो दिन बजारका ५ वटा समूहको उपसूचकमा हरियो पोतियो भने बाँकी समूहको उपसूचकमा रातो पोतियो ।
बैंकिङ समूहको सूचकमा उछाल आउने आम लगानीकर्ताको अपेक्षाविपरीत यो समूहको सूचकमा ३.३६ अंकको गिरावट आयो ।
व्यापार समूह २.३८ अंकले घटेको यो दिन होटल समूहमा १७.०१ अंकको गिरावट आयो । बित्त समूह ०.७९ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूह ३.१३ अंक, माइक्रोफाइनान्स ७.७५ अंक र जीवन बिमा समूह ४२.८ अंकले घटे ।
यो दिन विकास बैंक समूहमा भने ३०.५८ अंकको बढोत्तरी भयो । जलविद्युत समूह ४८.४४ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह ५९.२७ अंक, म्युचुअल फण्ड समूह ०.०६ र अन्य समूह ०.४४ अंकले बढे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता सेयर १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेको इन्स्योरेन्सले ६ करोड ५६ लाख बढीको कारोबार गर्यो ।
ग्लोबल आइएमई बैंकले ५ करोड १ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्स्योरेन्सले ४ करोड ९९ लाख, ग्रामीण विकास लघुवित्तले ४ करोड ८१ लाख, प्रभू बैंकले ४ करोड १९ लाख, गरिमा विकास बैंकले ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ८८ लाख, एनआइसी एशियाले ३ करोड ५१ लाख, हिमालयन डिस्टीलरीले ३ करोड ४४ लाख र सूर्या लाइफ इन्स्योरेन्सले ३ करोड ४० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ५ वटा कम्पनीका लगानीकर्ताको सम्पत्ति ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।
गरिमा विकास बैंकको सेयरमूल्य ९.३६ प्रतिशत, नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९.२६ प्रतिशत, चिलिमे हाइड्रोको ९.०९ प्रतिशत, रसुवागढी हाइड्रोको ८.५४ प्रतिशत तथा सानिमा माई हाइड्रोको ८.५० प्रतिशतले मूल्य बढ्यो । धेरै कमाउने १० कम्पनीको सूचिमा ७ स्थान जलविद्युत कम्पनीले कब्जा जमाए ।
यो दिन मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयरमूल्य ५.२२ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago