काठमाण्डौ । सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ।
बजारमा आज ६.४३ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक १९५८.९४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर ३८५.३३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार केशव कोइराला (काका) बजार धेरै दिन बढेकोले नाफा बुक भएको बताउँछन्। ‘आज बजारमा कारोबार पनि बढेको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्छ’, उनले भने।
तिहारपछि बैंकिङ प्रणालीमा पैसा थपिएकोले बजार सकारात्म बनेको कोइरालाको भनाइ छ। ‘पैसा सहज हुँदै गएमा बजार पनि लयमा फर्किनेछ’, उनले भने।
अर्का बजार जानकार दामोदर गजुरेल अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘बजार २०५० देखि २१०० सम्म पुग्न सक्ने देखिन्छ’, उनले भने।
चुनावी महौल सुरु भइसकेको र बढ्दो ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीहरु आन्दोलनमा उत्रिनुले बजार सकारात्मक हुन सक्ने गजुरेलको तर्क छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटामा समूहमा रातो पोतिएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक १.०६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूहमा ०.५१ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.१७ प्रतिशत, लघुवित्त समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.१२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०७ प्रतिशत, जलविद्युत समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँमा किबनेच भएका छन्।
यो दिन जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ११ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख रुपैयाँ, रिडी पावरको ९ करोड ६० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड १५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४ करोड २७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको ३ करोड ७६ लाख रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन धौलागिरी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
आज ग्लोबल आइएमई लघुवित्त र सपोर्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तका सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago