काठमाण्डौ । सेयर बजार बुधबार ओरालो लागेको छ।
आज बजार ५.८९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६७.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले घटेर ३६५.३४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ८६ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजारमा पुस महिनाको सामान्य प्रभाव परेको बताउँछिन्। ‘आज एनआईसी एसिया बैंकले लाभांश नदिने घोषणा गर्दा पनि बजारमा खासै ठूलो प्रभाव परेको देखिँदैन’, उनले भनिन्, ‘अहिले बजार साइडवेजमै चलेको छ।’
नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेकोले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको तिवारी बताउँछिन्। ‘अल्पकालका लागिभन्दा पनि दीर्घकालका लागि सेयर किन्ने अहिले अवसर रहेको छ’, उनले भनिन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटा समूहमा रातो पोतिएको छ।
यो दिन बैंकिङ समूहमात्रै ०.२७ प्रतिशतले उकालो लागेको हो।
आज वित्त समूह सर्वाधिक १.५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.३९ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.५४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३ प्रतिशत, जलविद्युत समूहमा ०.७२ प्रतिशत, लगानी समूहमा ०.५३ प्रतिशत, जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६८ प्रतिशत, लघुवित्त समूहमा ०.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशत र व्यापार समूहमा ०.८२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५२ कम्पनीका २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड ८५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ३४ लाख रुपैयाँ, सोल्टी होटेलको ३ करोड ३० लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड रुपैयाँ, रिडी पावरको २ करोड ७८ लाख रुपैयाँ, सिवाईसी लघुवित्तको २ करोड १४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५० लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा श्रृजनशील लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। घलेम्दी हाइड्रोपावरको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago