काठमाण्डौ । साता कारोबारको अन्तिम दिन नेप्से इन्डेक्स १.३१ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.०६%ले घटेर २१६३ विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स भने बिहीबार ०.०५ अंकले बढेको छ। 

नेप्से इन्डेक्स एकल अंकले घट्दा कारोबार रकमसमेत घट्न पुगेको छ। बिहीबार दोस्रो बजारमा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ। मंगलबार हरियाली छाएको बीमा उपसूचक समूहहरु बुधबार र बिहीबार राताम्य भए। 

आज निर्जीवन बीमा उपसूचक १.१२ प्रतिशत र जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले घटेको छ। दुवै उपसूचकमा रातो पोतिँदा आज कुनै पनि बीमा कम्पनीको सेयरभाउ बढेको देखिएन। मार्केटमा झिनो अंकको करेक्सन आउँदा बिहीबार बीमा कम्पनीहरुको सेयरभाउ घटेको छ। 

आज सानिमा जीआईसी इन्स्योरेन्सको सेयरभाउ सर्वाधिक ३.३० प्रतिशतले घटेको छ। 

यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.५५ प्रतिशत, नेपाल लाइफको १.८२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८२ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.५८ प्रतिशत, सूर्यज्योति लाइफको १.४३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.०५ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको १ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको ०.९२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.८५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७६ प्रतिशत, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ०.७६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.७५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६८ प्रतिशत, एलआईसी नेपालको ०.६३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशत र नेशनल लाइफको ०.२९ प्रतिशतले सेयरभाउ घटेको छ। 

यसका साथै आज टर्नओभरको टप १० लिस्टमा ३ वटा बीमा कम्पनी परेका छन्। हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर आज अन्य बीमा कम्पनीको तुलनामा सर्वाधिक खरिद–बिक्री हुन पुगेको हो। 

हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ। 

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ९४ लाख रुपैयाँ र नेपाल लाइफको ५ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ।