काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ। अघिल्लो दिन १४ अंकले नेप्से इन्डेक्स आज २.६१ अंकले घटेर २०७७ विन्दुमा कायम हुन पुगेको छ। 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ उपसूचकबाहेकका सबै उपसूचक राताम्य रहेका छन्। बीमा उपसूचकहरु आज दुवै घटेका छन्। जीवन बीमा उपसूचक ०.०५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९५ प्रतिशतले घटेको छ। 

बीमा उपसूचकहरु राताम्य हुँदा आज आइएमई लाइफको सेयरभाउ १.५७ प्रतिशत अर्थात् ९.१० रुपैयाँले बढेर ५८९.९० रुपैयाँमा कायम भएको छ।सेयरभाउ बढेसँगै कम्पनीको सर्वाधिक ११ करोड २४ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको छ। 

त्यस्तै एसियन लाइफको ०.४७ प्रतिशतले बढेर सेयरभाउ ७०८.१०  रुपैयाँ पुगेको छ। यसका साथै नेसनल लाइफको ०.३१ प्रतिशतले बढेर सेयरभाउ ६१३.९० रुपैयाँ, नेपाल लाइफको सेयरभाउ ०.२८ प्रतिशतले बढेर ७२० रुपैयाँ, एलआईसी नेपालको सेयरभाउ ०.२६ प्रतिशतले बढेर १४९६.९० रुपैयाँ र नेको इन्स्योरेन्सको ०.२३ प्रतिशतले बढेर सेयरभाउ ८६८ रुपैयाँ कायम भएको छ।  

त्यस्तै आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। सिद्धार्थ प्रिमियरको सेयरभाउ आज ६.४६ प्रतिशतले घटेर ७६८ रुपैयाँमा कायम भएको छ। 

दोस्रोमा नेपाल इन्स्योरेन्सको २.१३ प्रतिशत, हिमालयन एभरेष्टको १.९८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.९६ प्रतिशत, हिमालयन लाइफको १.९० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.०३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.७६ प्रतिशत, सलिकोको ०.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५४ प्रतिशत, सूर्यज्योति लाइफको ०.५३ प्रतिशत, एनएलजीको ०.४९ प्रतिशत, युनाइटेड अजोडको ०.३४ प्रतिशत, सानिमा जीआईसीको ०.१६ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ।