काठमाण्डौ । सेयर बजारमा बिहीबार पनि सामान्य गिरावट आएको छ।
बजार आज २.१३ अंकले घटेर १९३७.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे बजारको घटाइ लगभग सकिएको बताउँछन्। ‘विस्तारै बजार माथि नै जाने हो’, उनले भने, ‘तर पनि बजारमा केही दबाब देखिएको छ।’
अझै पनि राष्ट्र बैंकहरुले सरकारी बैंकहरुलाई दबाब दिइरहेको भन्ने सुनिएको रजौरे बताउँछन्। ‘२५ लाख रुपैयाँभन्दा माथिको कर्जालाई १५० जोखिम भार गणना गर्दा मार्जिन कलको समस्या आएको छ’, उनले भने।
पछिल्लो समय बजार सुधारका काम भएका र ठूला चाडपर्वका बेला रेमिट्यान्स पनि बढी भित्रिने भएकोले बजारमा सकारात्मक नै आश गर्न सकिने रजौरे बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो वित्त समूह सर्वाधिक १.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.०८ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशत र लगानी समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.३३ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.९४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२७ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.२७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ३४ लाख १ हजार ६९२ कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन एभरेस्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड ३५ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ३२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २ करोड २७ लाख रुपैयाँ, अपी पावरको २ करोड १ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago