काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि २ लाख ६१ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन् ।
आवेदकबाट १ करोड ७० लाख ४ हजार ४ सय कित्ताका लागि आवेदन परेको सिडिएससीले जनाएको छ । छिटोमा आवेदन दिने अन्तिम दिनसम्मको यो अन्तिम आँकडा अनुसार आइपीओमा माग भन्दा ६२.२८ गुणा आवेदन परेको हो।
यो कम्पनीले कुल ३ लाख कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago