काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको दोश्रो बजारमा सूचिकृत आइपीओ आजदेखि कारोबारमा आएको छ । 

कारोबारमा आएको यो कम्पनीको सेयरलाई नेप्सेले कारोबारका लागि SLBSL सिम्बोल दिएको छ । 

कारोबारको सुरुवाती रेञ्ज रु. १६८.३७ देखि रु. ५०५.११ प्रतिकित्ता तोकिएको छ । 

यो कम्पनीको आइपीओ बाँडफाँड भएको करिब २ महिनापछि आइतबार दोश्रो बजारमा सूचिकृत भएको थियो ।

यो कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको ३ लाख कित्ता साधारण सेयरको मंसिर १० गते बाँडफाँड गरेको थियो । तिनै सेयर कारोबारमा आएको हो ।