काठमाण्डौ । दोश्रो बजारको कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुपान्तरण गरिनुपर्ने माग पूरा नभएर निराश बनेका लगानीकर्ताका लागि खुशीको खबर । अब लगानीकर्ताले घरमै बसेर सार्वजनिक निश्कासन(आइपीओ र एफपीओ) तथा हकप्रदका लागि अनलाइन आवेदन दिन पाउने भएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमीटेडले मंगलबारदेखि सेन्ट्रलाइज्ड अप्लीकेसन फर आस्वा बेस्ड इस्यूएन्स(सी आस्वा)-Centralized Application for ASBA based issuance(C-ASBA) नामक प्रणाली निर्माण गरी यसलाई पूर्ण रुपमा लागू भएको जनाएसँगै लगानीकर्ताले यस्तो सुविधा पाएका हुन् ।
अब सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयरमार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट खरीद आवेदन दिनसक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्रको सार्वजनिक खरीद सम्बन्धी निर्देशिका २०७३ मार्फत आस्वा प्रणाली लागू गरिएको सन्दर्भमा यसलाई थप व्यवस्थित, सर्वसुलभ र चुस्त पार्ने उद्देश्यले सीआस्वा निर्माण गरी अनिवार्य गरिएको सिडिएस एण्ड क्लियरिङ लिमीटेड आफ्नो सूचनामा प्रष्ट्याएको छ ।
सीआस्वा प्रणालीको प्रयोगले धितोपत्रको खरीद आवेदकको हितग्राही खाता आवेदन पूर्व नै रुजु हुने हुँदा कुनै पनि आवेदन हितग्राही नमिलेको कारणले बाँडफाँडबाट बञ्चित हुनुपर्ने छैन । यस्तै, सम्पूर्ण बैंक तथा बित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धी विवरण निश्कासन तथा बिक्री प्रबन्धकलाई सफ्टवेयरमार्फत सोझै प्राप्त हुने हुँदा निश्कासन बन्द भएको छोटो समयमा नै बाँडफाँड प्रक्रिया संचालन गर्न सकिने सूचनामा प्रष्ट्याइएको छ ।
हालसम्म २५ वटा बैंक तथा बित्तीय संस्थाहरु सीआस्वा प्रणालीमा आबद्ध भई सेवा संचालन गरिरहेका बताइएको छ । सिडिएससीले अन्य अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्थाहरु तथा सूचिकृृत निश्कासन तथा बिक्री प्रबन्धकहरुलाई सी आस्वा संचालनका लागि यथाशीघ्र सम्पर्क राख्न समेत आग्रह गरेको छ ।
लगानीकर्ताहरुलाई समेत आफ्नो खाता रहेको बैंकमार्फत सीआस्वा दर्ता भई सीआस्वा रजिस्टेसन नम्बर(सीआरएन) लिन अनुरोध गरिएको छ ।
सीआस्वा के हो ? यसबाट अनलाइन आवेदन कसरी भर्ने ? थप प्रष्ट हुन् यो लेख पढ्नुहोस्:
-के हो सि-आस्वा प्रणाली ? यसबाट कसरी सेयर आवेदन गर्ने ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago