काठमाण्डौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक गरेको छ।
नयाँ आदेशअनुसार अब मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीसाधनमा प्रवेश नपाउने भएका छन्। नयाँ आदेशले सार्वजनिक सवारीसाधन र कार्यालयहरुमा मास्क अनिवार्य गरेको हो।
कुनै यात्रु मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिएर सार्वजनिक सवारीसाधन चालक तथा सहचालकले मास्क उपलब्ध गराउनुपर्नेछ । त्यस्तै सार्वजनिक सवारीसाधनहरुले सिट क्षमताबराबर मात्र यात्रु राख्न पाउनेछन्।
यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइने छैन ।
यसैगरी नयाँ आदेशअनुसार अब होटेल तथा रेस्टुराँहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन्। उक्त समयपछि भने होम डेलिभरीमात्र गर्न पाइनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago