काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको छ। लकडाउनमा उपभोक्तालाई दैनिक उपभोग्य सामान खरिदमा सहजता ल्याउन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संयुक्त रुपमा मोबाइल भ्यानमार्फत राजधानीका टोटोलमा पुगेर खाद्यान्न बिक्री गर्न सुरु गरेको छ। 

साल्ट ट्रेडिङका अनुसार उपभोक्ताको खाद्य सुरक्षाका लागि अहिले दैनिकजसो खाद्यसामग्री बेच्ने टोेलटोलमा मोबाइल भ्यान पठाउने गरिएको छ। आज बुधबार साल्ट ट्रेडिङको मोबाइल भ्यान खाद्यान्न बेच्न सामाखुसी चोक, गोंगबु, टोखा, झोर, नयाँबजरा, बालाजु, चक्रपथ, सिनामंगल, कुपन्डोल, सानेपा, पाटनलगायत क्षेत्र पुग्ने बताइएको छ। 

मोबाइल भ्यानमार्फत चामल, नुन, चिनी, आँटा, मैदालगायतका पिठो, दाल, गेडागुडी,जस्ता खाद्यान्न बिक्री हुने साल्ट ट्रेडिङले जनाएको छ। मोबाइल भ्यानमा ल्याइएको खाद्यान्न किन्दा उपभोक्ताले १० प्रतिशत पाउनेछन्।