काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी बम्पर लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको पुस २५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई बम्पर लाभांश उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

संस्थाले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।