काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि लागू हुने गरी चिनीको नयाँ मूल्य निर्धारण गरेको छ।
कर्पोरेसनले चीनको प्रतिकेजी ७ रुपैयाँ २० पैसा बढाउँदै प्रतिकेजी ७७.२० रुपैयाँ निर्धारण गरेको छ। कर्पोरेसनले भने हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ।
यसअघि कर्पोरेसनले उपभोक्तालाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमै चिनी उपलब्ध गराइरहेको थियो।
कर्पोरेसनले सरकारी स्वीकृतिअनुसार पछिल्लो समय भारतबाट आयात गरिएको चिनीको मूल्य, भाडा र व्यवस्थापन खर्चसमेत जोडेर नयाँ मूल्य तोकिएको दाबी गरेको छ।
अन्य मार्केटको तुलनामा कर्पोरेसनको चिनीको मूल्य प्रतिकेजी ५ रुपैयाँभन्दा बढीले सस्तो रहेको कर्पोरेसनको दाबी छ। कर्पोरेसनले वीरगन्जका लागि प्रतिकेजी ७४ रुपैयाँ ५० पैसा तोकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19