काठमाण्डौ । बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीको सेयरमूल्य सोमबार समायोजन गरेको छ।
नेप्सेले बोनस सेयर प्रस्ताव गरेका साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी), कुमारी बैंक र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरमूल्य समायोजन गरेको हो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउने छन्।
नेप्सेले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट एसटीसीले प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६ हजार रुपैयाँ कायम गरेको छ। यसअघि यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७ हजार ५०० रुपैयाँ थियो।
यसैगरी आर्थिक वर्ष २०७६/७७ को मुनाफा १०.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको कुमारी बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७३ रुपैयाँ कायम गरिएको छ। यो बैंकको यसअघि अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ कायम भएको थियो।
यस्तै आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको रिडी हाइड्रोपावरको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता १६८ कायम गरिएको छ। यसअघि यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १७६ रुपैयाँ थियो।
एसटीसी, कुमारी बैंक र रिडी हाइड्रोपावरले प्रस्ताव गरेका बोनस सेयर क्रमशः यही मंसिर ३० गते, मंसिर २९ गते र मंसिर २६ गते हुने उनीहरु वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। लाभांश र साधारणसभा प्रयोजनार्थ यी तीनै कम्पनीले आज (मंसिर १५ गते) बाट बुक क्लोज गरेका छन्। यसको अर्थ लाभांश प्राप्ति र सभामा भाग लिन हिजो (मंसिर १४ गते) सम्म कायम सेयरधनीहरु योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19