काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । नेपालमा पनि विश्वका अधिकांश देशमा झै यो समय लकडाउन चलिरहेको छ र मानिसहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । तर के तपाईँलाई थाहा छ कि तपाईँको घरमा पनि यस्तो कतिपय चीजहरुमा कोरोनाभाइरस निकै आरामसँग लुुकेर बस्नसक्छ ।
तौलिया
तौलिया हामी नुुहाइसकेपछि शरीर पुुछ्न, हात पुुछ्न लगायतका काममा प्रयोग गर्छौँ । तर दैनिक रुपमा प्रयोग हुुुने यो तौलिया तपाईका लागि खतरनाक साबित हुुनसक्छ । किनकि ब्याक्टेरिया वा भाइरस सहजैसँग तौलियामा लुुक्न सक्छ । यसैकारण तपाईँ नियमित रुपमा तौलियालाई राम्ररी सफा गर्नुुहोस् ।
पञ्जा
अक्सर मानिसहरु किचनमा काम गर्दा पञ्जा प्रयोग गरिरहेका हुुन्छन् । यो उपाय राम्रो पनि हो, तर ब्याक्टेरिया वा भाइरसको घर पञ्जा पनि बन्न सक्दछ । पञ्जाको प्रयोग गरिसकेपछि यसलाई तातो पानी वा भिनेगरले राम्रोसँग सफा गर्नुुहोस् । यदि तपाईँको पञ्जा एक पटक मात्र प्रयोग गर्न मिल्ने भए डस्टविनमा डिस्पोज गरिदिनुुुहोस् । यदि पुुनः प्रयोग गर्न मिल्ने भए तातोपानी वा भिनेगरले राम्ररी सफा गर्नुुपर्छ ।
सिरानीको खोल
सिरानीको खोलमा पनि ब्याक्टेरिया वा भाइरस सहजै बस्न सक्छ । त्यसैले सिरानीको खोललाई नियमित रुपमा बदलिरहनुुहोस् र सफा गर्दै गर्नुुहोस् ।
होम म्याट
होम म्याटमा पनि भाइरस हुने भएकाले यसलाई राम्ररी सफा गर्नुुपर्छ ।
कपडा
देश लकडाउनमा छ । लकडाउनका बेला बाहिर निस्किदा लगाइएको कपडामा पनि भाइरस लुुकेर आउनसक्छ, त्यसकारण तपाईँ घरबाट बाहिर ननिस्कनुुहोस् । कथम्कदाचित घरबाट बाहिर निस्कनैपर्ने भएमा आफूूले बाहिर निस्किदा लगाएको कपडा वासिङ मेसिनमा मज्जाले धुुनुुहोस् । यदि तपाईँ घरबाहिर निस्कनुु भएको छैन भने पनि तपाईँ दैनिक कपडा धुुनुुहोस् र व्यक्तिगत सरसफाइमा ध्यान दिनुुुहोस्।
रिमोट
हामी घरमा टीभी, एसीलगायतका रिमोट हाम्रा परिवारका सदस्यहरुले छोएको हुुन सक्छौं, यिनमा पनि भाइरस सजिलै लुुकेर बस्न सकेको हुुन्छ अनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै भाइरस सर्नसक्छ । त्यसकारण टीभी, एसी लगायतका रिमोट र इलेक्ट्रोनिक्स सामानहरु दिनहुुँ सेनिटाइज गरी सफा राख्नुुहोस् ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago