काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ७५.४८ प्रतिशतले बढेको छ।

कम्पनीको कुल आम्दानी ७४.७५ प्रतिशतले बढेर ५८ करोड ३९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कुल आम्दानी ३३ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ६७.६३ प्रतिशतले १ अर्ब ९८ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको ईपीएस २२.१५ रुपैयाँ, पीई रेसियो २६.७३ गुणा, प्रतिसेयर नेटवर्थ १५६.८४ रुपैयाँ र तरलता अनुपात ०.७२ प्रतिशत रहेको छ।