काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ पहिलो दिन शुक्रबार नै ओभरसब्सक्राइब्ड भएको छ।
सीडीएससीका अनुसारका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म २ लाख ४२ हजार ८६१ आवेदकबाट कुल ४० लाख ८३ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन सर्वसाधारणका लागि निष्कासन गरिएको कुल सेयरको १.५ गुणाले बढी हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १० गते र ढिलामा चैत २० गते बैंकिङ समयपछि हुनेछ।
नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।
आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19