काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको छ।
बोर्ड पुस २१ सिंगटी हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ।
यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत हिस्सा रहनेछ। जसअनुसार संस्थापक समूहको कुल सेयर १ अर्ब १ करोड ५० लाख रुपैयाँबराबरको हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19