काठमाण्डौ । सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको छ। 

योसँगै सिंगापुर एयरलाइन्स सञ्चालनको २३ वर्षमा पाँचौँपटक विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको हो। 

एभिएसनसँग सम्बन्धित बेलायतको स्काई ट्रयाक्स नामक संस्थाका अनुसार सन् २०२३ मा विश्वकै उत्कृष्ट एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा पर्न सफल भएको छ। 

उत्कृष्ट सेवाका आधारमा दोस्रो नम्बरमा कतार एयरलाइन्स र तेस्रोमा जापानको अल निप्पोन एयरलाइन्स रहेको छ। 

यो सूचीमा चौथोमा दुबईको इमिरेट्स, पाँचौँमा जापान एयरलाइन्स, छैटौँमा ट्रकिस एयरलाइन्स, सातौँमा एयर फ्रान्स, आठौँमा क्याथी प्यासिफिक, नवौँमा इभा एयर र दसौँमा कोरियन एयरलाइन्स परेका छन्। 

यसैगरी यात्रु उडानमा विश्वको सस्तो एयरलाइन्समा एयर एसिया पहिलो नम्बरमा रहेको छ। दोस्रोमा स्कट र तेस्रोमा इन्डिगो रहेका छन्। 

सस्तो उडानको सूचीमा चौथोमा फ्लाइनास, पाँचौँमा भोलोटेय, छैटौँमा ट्रान्सभिया फ्रान्स, सातौँमा सन कन्ट्री एयरलाइन्स, आठौँमा साउथ वेस्ट एयरलाइन्स, नवौँमा एयरबाल्टिक र दसौँमा जेट टु डट कम एरलाइन्स रहेका छन्। –एजेन्सी