काठमाण्डौ । सिजिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ को फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ। 

आज सार्वजनिक फागुन महिनाको वित्तीय विवरणअनुसार यो म्युचुअल फन्डको न्याभ फागुनमा १.०४ रुपैयाँले बढेर १३.८२ रुपैयाँ पुगेको हो। गत माघमा न्याभ १२.७६ रुपैयाँ थियो।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल रहेको यो फन्डको फागुन महिनासम्म कुल लगानी ८६ करोड २ लाख रुपैयाँ गरेको छ। जसमा सूचीकृत धितोपत्रमा ७३ करोड ३७ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा ३४ लाख ५७ हजार रुपैयाँ र स्थिर आय उपकरणमा १२ करोड ३० लाख रुपैयाँ रहेको छ। गत माघसम्म यो फन्डले ७४ करोड ८६ लाख रुपैयाँमात्र लगानी गरेको थियो।

सातवर्षे यो फन्डको फागुनसम्मको कुल आय २९ करोड ८६ लाख रुपैयाँ रहेको छ। गत माघसम्म कुल आय २१ करोड १५ लाख रुपैयाँ रहेको थियो।

कोष प्रवर्द्धक सिटिजन्स बैंक लिमिटेड रहेको यो फन्डअन्तर्गत वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, होटेल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, बन्डा तथा डिबेन्चर, लगानी, अन्य समूहका कम्पनीहरुमा लगानी रहेको छ। 

यसैगरी सिजिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–२ को फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ। 

आज सार्वजनिक फागुन महिनाको वित्तीय विवरणअनुसार यो म्युचुअल फन्डको न्याभ फागुनमा ९८ पैसाले बढेर १४.४९ रुपैयाँ पुगेको हो। गत माघमा न्याभ १३.५१ रुपैयाँ थियो।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल रहेको यो फन्डको फागुन महिनासम्म कुल लगानी ६२ करोड ६२ लाख रुपैयाँ गरेको छ। जसमा सूचीकृत धितोपत्रमा ५३ करोड ९९ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा २३ लाख ११ हजार रुपैयाँ र स्थिर आय उपकरणमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ। गत माघसम्म यो फन्डले ४७ करोड १४ लाख रुपैयाँमात्र लगानी गरेको थियो।

सातवर्षे यो फन्डको फागुनसम्मको कुल आय २४ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत माघसम्म कुल आय १८ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

कोष प्रवर्द्धक सिटिजन्स बैंक लिमिटेड रहेको यो फन्डअन्तर्गत वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, होटेल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, बन्डा तथा डिबेन्चर, लगानी, अन्य समूहका कम्पनीहरुमा लगानी रहेको छ।