काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब २८ वर्षदेखि बालअधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त संस्थालाई १ लाख ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। उक्त रकमबाट १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जनाएको छ।
बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19