काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ।

यस घर कर्जा योजनाअन्तर्गत ग्राहकले ९.५०% वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन्। विश्वभरि फैलिएको कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहकसामु पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो। 

ग्राहकले कागजात पेस गरेको ३ कार्य दिनभित्र निर्णय हुने सरल प्रक्रियासहितको यस २५ वर्षसम्मको समयावधि भएको योजनाअन्तर्गत घर कर्जा लिने सम्पूर्ण ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ। यस आकर्षक घर कर्जा योजनाबाट ग्राहकको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ। 

छोटो समयावधिका लागि संचालनमा ल्याइएको यस योजनाबाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशैभरि रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। 

यसका साथसाथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९%  वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ। राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुका लागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशैभरि छरिएका बैंकका १०९ शाखाबाट कार्यारम्भसमेत थालिएको बैंकले जनाएको छ। सोका लागि आवश्यक तयारी गरिसकिएको बैंकको भनाइ छ।