काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेको छ।

कोरोनाले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो। यसअघि पनि कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण रउपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब ६ लाख रुपैयाँ तथा विभिन्न संघसंस्थालाई ६ लाख रुपैयाँ गरी हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ। 

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेपश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुगेको छ। 

यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना रोकथामका साथसाथै सीमान्तकृत तथा निम्नआय भएका नेपालीको दैनिक अत्यावस्यक सामग्री प्रदान गर्न टेवापुग्ने विश्वास बैंकले लिएको छ। महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको बैंकले जनाएको छ। यस किसिमको सहयोगले कोरोना प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

यसैबीच कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ।