काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ योजनाहरुका आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिफल वितरण प्रयोजनार्थ इकाइधनी दर्ता किताब (बुक क्लोज) को मिति तय गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट प्रबद्र्धन गरिएको र सीबीआई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुवै योजनाहरुका प्रतिफल वितरणार्थ एकैदिन असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ यी दुवै योजनाहरुको प्रतिफल प्राप्त गर्न असोज १४ गतेसम्म इकाइधनी भइसक्नुपर्नेछ।
गत आर्थिक वर्षका लागि सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइधनीहरुलाई करसहित १५ प्रतिशतले हुन आउने १२ करोड ३० लाख रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड–२ का इकाइधनीहरुलाई करसहित १० प्रतिशतले हुन आउन ५ करोड ६० लाख रुपैयाँ नगद प्रतिफल वितरण गर्ने घोषणा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago