काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको इकाइमूल्य बिहीबार समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित नगद लाभांशका लागि सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य समायोजन गरेको हो। नेप्सले मूल्य समायोजन गर्दै सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड–२ प्रतिइकाइ ९ रुपैयाँ कायम गरेको छ। अब समायोजित मूल्यअनुसार नै यी दुवै योजनाका इकाइहरु कारोबारमा आउनेछन्।

सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई १५ प्रतिशत र सिटिजन्स म्युचुअल फन्ड–२ ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।