काठमाण्डौ । सिटिन्जस बैंक इन्टरनेसनल लिमिटेडमा विलय हुन लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्नो सेयर स्वामित्व परिमार्जन गरेको छ।

तिनाउ मिसनले १८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। यसका लागि तिनाउ मिसनले १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।

सेयर रुपान्तरणपछि अब तिनाउ मिसनको संस्थापक समूहको सेयर स्वामित्व ५३.३४ प्रतिशत र सर्वसाधारण समूहको ४६.६६ प्रतिशत कायम भएको छ। 

सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ सेयर स्वाप रेसियोमा प्राप्ति गर्दैछ। यसको अर्थ तिनाउ मिसनको १०० कित्ता सेयर सिटिजन्स बैंकमा विलय भएपछि ९६ कित्तामात्र हुनेछ।

प्राप्ति प्रक्रियालाई टुंगो लगाउन आउँदो माघ १५ गते सिटिजन्स बैंकले विशेष र तिनाउ मिसनले वार्षिक साधारणसभाभा डाकेका छन्।