काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभ्रमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ।
सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। दिगो विकासका लागि लघु, साना तथा मझौला उद्यमीलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न सदैव मद्दत गर्दै आएको बैंकले जनाएको छ।
नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो। मेहनत गर्न सक्ने उमेर, जोश, जागर, आर्जित सीप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहल कदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ।
कर्मभूमि समाजले व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसंग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताका बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु रेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नेछ।
कृषि, घरेलु तथा साना उद्यमलगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषितथा पशुपन्छी कर्जा, शिक्षितयुवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायतका सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन बैंकले विभिन्न योजना सञ्चालनमा ल्याएको छ। राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरि छरिएका शाखाहरुबाट विभिन्न शीर्षकमा हालसम्म करिब १ हजार ५०० जनालाई करिब १ अर्ब ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ। साथै, नेपाल राष्ट्र बैंकको नीतिअनुरुप बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध सहुलियतपूर्ण कर्जा उपभोग गरी आफ्नो व्यवसाय विस्तार गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अनुरोध गरिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19