काठमाण्डौ । सीबीआईएल क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटलले सिटिजन्स म्युचुअल फन्ड–१ र फन्ड–२ को वित्तीय विवरण सार्वजनिक गरेको हो। जसअनुसार दुवै फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ। 

साउनमा फन्ड–१ को न्याभ बढेर १६.१० रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १५.३१ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ८० करोड ५५ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा ३४ लाख ४६ हजार रुपैयाँ र स्थिर आय उपकरणमा २० करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ। असार यस्तो लगानी क्रमशः ६८ करोड ६२ लाख रुपैयाँ, १ करोड १२ लाख रुपैयाँ र ३० करोड ८७ लाख रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब १ करोड रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी १ अर्ब ६२ लाख रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ६ करोड ५० लाख रुपैयाँ रहेको छ। 

साउनमा फन्ड–२ को न्याभ पनि बढेर १७.२४ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १६.१८ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ६३ करोड २ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा ४३ लाख १६ हजार रुपैयाँ र स्थिर आय उपकरणमा ७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ। असार यस्तो लगानी क्रमशः ५४ करोड ९९ लाख रुपैयाँ, ८५ लाख ३४ हजार रुपैयाँ र १४ करोड १८ लाख रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी ७० करोड ९४ लाख रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी ७० करोड २ लाख रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ५ करोड ९० लाख रुपैयाँ रहेको छ।