काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को इकाइमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको प्रतिफलका लागि यी दुवै फन्डको इकाइमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिइकाइ फन्ड–१ को ११.२० रुपैयाँ र फन्ड–२ को ११.४९ रुपैयाा कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ फन्ड–१ को १५.२० रुपैयाँ र फन्ड–२ को १५.४९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै फन्डको कारोबार हुनेछ।
प्रतिफल वितरणका लागि यी दुवै फन्डको आज भदौ २४ गते बुक क्लोज गरिएको छ। यसको अर्थ हिजो भदौ २३ गतेसम्म कायम इकाइधनीहरु यी दुवै योजनाको प्रतिफल पाउन योग्य भएका छन्।
गत भदौ १ गते बसेको योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ती दुवै योजनाका इकाइधनीलाई ४०/४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। घोषित प्रतिफलअनुसार फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल ३२ करोड ८० लाख रुपैयाँ र फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल २२ करोड ४० लाख रुपैयाँ वितरण गरिने बैठकले निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19