काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा उत्पादित  किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् । 

हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता हुनसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डका लागि आवेदन र मुद्दती खाताको आवेदन दिनसक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।