काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय भैरहवाकी ग्राहक गीता गुरुङको मृत्यु भएकामा निजका श्रीमान रविन्द्रकुमार थापालाई रु. ८ लाख ९७ हजार नगद सहयोग गरेको छ।
उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाका शाखा प्रमुख तथा अन्य कर्मचारीको रोहबरमा लघुवित्त इकाइका इन्चार्ज प्रवेश अर्यालले माघ १२ गते हस्तान्तरण गरेका हुन्।
लघुवित्त परियोजनामा आबद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो।
सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाइमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको लघुवित्त इकाइका इन्चार्ज अर्यालले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19