काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ।
अब यस बैंकका ग्राहकले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन्। ग्राहकले ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन्।
कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ। हालका लागि यो सेवा ८ घन्टका लागि आरम्भ गरिएको बैंकले जनाएको छ। क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना बैंकको रहेको छ।
देशभरि रहेका १३ लाखभन्दा बढी ग्राहकलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले नगदरहित बैंकिङ, व्यक्तिको उपस्थित बिनाको बैंकिङ, प्रणालीको स्वसञ्चालनतर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए। अबको बंैकिङ ग्राहकलाई सरल, सुलभ, सुरक्षित, सहज बनाउँदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकलाई पोखरेलले अनुरोध गरे।
सिटिजन्स बैंकले डिजिटल बैंकिङमा अत्याधिक प्रयोग बढाउँदै लगेको छ। प्रविधिमैत्री र नयाँ पुस्ता (Fintech and Next Gen-Banking) बैंकिङमा सिटिजन्सले आगामी दिनमा अत्याधिक प्राथमिकतामा राखी सञ्चालन लागत घटाउन र ग्राहकमैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे। यसका उनले बैंकले आगामी दुई वर्षभित्रको डिजिटल बैंकिङसम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिए।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
कोरोनाभाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ।
यसका साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago